काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३७ करोड ८१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन २१.९२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ४ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ७ करोड १ लाख रुपैयाँ थियो।
यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी १७.३८ प्रतिशतले बढेर १८ करोड ८३ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १६ करोड ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १६.७३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १८ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनी व्यवस्थापन खर्च ९.२९ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च १० करोड ५३ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर ११ करोड ५१ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको बीमा कोषको आकार २०.७६ बढेर ९१ करोड ६७ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा ७५ करोड ९१ लाख रुपैयाँ रहेको थियो।
गत वर्ष २८ करोड ७७ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ६२.१५ प्रतिशतले बढेर ४६ करोड ६५ लाख रुपैयाँको उचाइमा पुगेको छ। महाविपत्ति कोषको आकार भने ७ करोड २१ लाख रुपैयाँबाट घटेर ५ करोड ५ लाख रुपैयाँमा सीमित बनेको छ।
हालसम्म कम्पनीको जारी बीमालेखको संख्या ८४ हजार १४२२ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या ८२ हजार ६२१ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २८.९७ रुपैयाँ, पीई रेसियो ३९.७३ गुणा र प्रतिसेयर नेटवर्थ २३३.४३ रुपैयाँ रहेको छ।
9 minutes ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
15 hours ago
15 hours ago