काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सवा ५ लाख बढी कित्ता सेयर आज असार २ गतेबाट बिक्रीमा राखिएको छ। 

कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापकसँगै जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असार ८ गते कार्यालय समयसम्म तोकिएको छ।