काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
दोस्रो त्रैमाससम्म कम्पनीले ४२ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यो हिसाबले समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन ८.०१ प्रतिशतले घटेको छ।
समीक्षा अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत ५ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्ममा यस्तो आय ४ करोड १६ लाख रुपैयाँ थियो। गत वर्ष यही अवधिमा १२ करोड ९९ लाख रुपैयाँ पुनर्बीमा कमिसन आय भएकोमा समीक्षा अवधिमा घटेर ११ करोड ३१ लाख रुपैयाँमा सीमित भएको छ।
यो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी १९.२३ प्रतिशतले बढेर २२ करोड ४५ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १८ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ०.३४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १५ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको व्यवस्थापन खर्च बढेर १३ करोड ९१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ११ करोड ५१ लाख रुपैयाँ थियो।
कम्पनीको बीमा कोषको आकार १९.२३ बढेर १ अर्ब ९ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष बीमा कोषमा ९१ करोड ६७ लाख रुपैयाँ थियो।
गत वर्ष ४६ करोड ६५ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार ३५.५२ प्रतिशतले घटेर ३० करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ। महाविपत्ति कोषको आकार भने ५ करोड ५ लाख रुपैयाँबाट बढेर ६ करोड ८० लाख रुपैयाँको उचाइमा पुगेको छ।
हालसम्म कम्पनीको जारी बीमालेखको संख्या ७५ हजार ६५ रहेको छ। गत वर्ष यही अवधिसम्म यो संख्या ८४ हजार १४२ रहेको थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २२.२७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस २८.९७ रुपैयाँ थियो। पीई रेसियो २९.५० गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २०४.२३ रुपैयाँ रहेको छ।
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago