काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बोनस सेयरका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले यो लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २ हजार ६७८ रुपैयाँ कायम गरेको हो। यसअघि फरवार्डको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३ हजार ३४८ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यसको कारोबार खुल्नेछ। 

संस्थाको आठौँ वार्षिक साधारणसभा यही फागुन २१ गते हुँदैछ। सोही सभाले गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र बाँकी ६.५८ प्रतिशत नगद लाभांश रहेका छन्। 

सभा र लाभांश प्रयोजनका लागि संस्थाले आज फागुन ५ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो फागुन ४ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।