काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाकालको १२.५ वर्ष पुगेको अवसरमा जुब्ली मनाएको छ।
असार १६ गते काठमाण्डौमा सम्पन्न समारोहमा नेपाल राष्ट्र बैक, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, लघुवित्त संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेल, सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डित, फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक एवं पूर्वसञ्चालकहरु, संस्थापक सेयरधनीहरु, लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखेरेल, नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा एवं बैक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु र अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो।
कार्यक्रममा राष्ट्र बैकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ढकालले आफ्नो शुभकामना मन्तव्यमा फर्स्ट माइक्रोफाइनान्सले १२.५ वर्षमा यस प्रकारको उत्सव मनाई नयाँ सुरुआत गरेको धारणा राखे।
ढकालले वर्तमान वित्तीय बजारमा वित्तीय स्रोतको उपलब्धतामा थपिँदै गएको चुनौतीलाई सामना गर्न सक्ने क्षमता प्रर्दशन गरी अगाडि बढ्नका लागि फर्स्ट माइक्रोफाइनान्सलगायत अन्य लघुुवित्त वित्तीय संस्थालाई मर्जलगायत अन्य सम्भाव्य उपायहरुको खोजी गर्न निर्देशन दिए।
कार्यक्रममा स्थापनाकालदेखी हालसम्म लगातार १२ वर्ष फर्स्ट माइक्रोफाइनान्समा सेवा प्रदान गर्ने अध्यक्ष सुरेन्द्रराज रेग्मी र फर्स्ट माइक्रोफाइनान्समा कार्यरत ४ जना कर्मचारीलाई कदर पदकवाट सम्मान गरिएको थियो।
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago