काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको सञ्चालक समितिको हिजो मंसिर १५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्त कायम चुक्तापुँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १९ करोड २८ लाख ९८ हजार ४८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५५६ रुपैयाँबराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९२४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago