काठमाण्डौ । कोरोना महामारीबीच फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा सन्तोषजनक वित्तीय प्रगति गरेको छ। 

सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा २ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १०.७२ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा संस्थाले २ करोड ६८ लाख रुपैयाँ नाफा रहेको थियो। 

संस्थाको सञ्चालन मुनाफा पनि बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो मुनाफा ४ करोड २३ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ५ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ४ करोड २४ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले समीक्षा अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले ५ अर्ब ४० करोड रुपैयाँ सापटी लिई ५ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको जगेडा कोषको आकार २३.१० प्रतिशतले बढेर १६ करोड ६० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष जगेडा कोषको आकार १३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो। 

संस्थाको चुक्तपुँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १३.५६ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४१.७५ गुणा रहेका संस्थाको प्रतिसेयर नेटवर्थ ११८.९४ रुपैयाँ रहेको छ।