काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको फागुन महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।

कोष प्रवर्द्धधक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। फागुनमा यी ४ वटै योजनाको न्याभ घटेको छ। 

फागुनमा इक्विटी फन्डको न्याभ घटेर ९.८५ रुपैयाँ कायम भएको छ। गत माघमा यो योजनाको न्याभ १०.५० रुपैयाँ थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९९ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी १ अर्ब ७ करोड रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नोक्सानी २ करोड ९८ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ५ करोड १२ लाख रुपैयाँ थियो।

फागुनमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर ९.७८ रुपैयाँ कायम भएको छ। गत माघमा न्याभ १०.४७ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी १ अर्ब १० करोड रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नोक्सानी ३ करोड ५९ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ४ करोड १२ लाख रुपैयाँ थियो।

यसैगरी फागुनमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि घटेर ८.४४ रुपैयाँ कायम भएको छ। गत माघमा न्याभ ८.९५ रुपैयाँ थियो।

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८८ करोड ८ लाख रुपैयाँ लगानी भएको छ। गत माघसम्म यस्तो लगानी ९५ करोड १४ लाख रुपैयाँ थियो।

फागुनमा यो योजनाको कुल नोक्सानी १ करोड ६७ लाख रुपैयाँ रहेको छ। गत माघमा कुल नाफा ४ करोड ७१ लाख रुपैयाँ थियो।

फागुनमा फ्लेक्सी क्याप फन्डको न्याभ घटेर ९.६५ रुपैयाँ कायम भएको छ। गत माघमा न्याभ ९.९१ रुपैयाँ थियो। 

यो योजनाअन्तर्गत फागुनसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल २५ करोड २२ लाख रुपैयाँ लगानी भएको छ। गत माघ कुल लगानी २१ करोड ९२ लाख रुपैयाँ थियो। 

फागुनमा यो योजनाको कुल नोक्सानी १ करोड ६२ लाख रुपैयाँ रहेको छ। गत माघमा यो योजनाको कुल नोक्सानी ४० लाख ७२ हजार रुपैयाँ रहेको थियो।