काठमाण्डौ । सिद्धार्थ इन्स्यारेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले मर्जर प्रक्रिया पूरा गरी यही फागुन १७ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सुरु गर्ने भएका छन्। 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत निर्जीवन बमिा कारोबार सुरु गरिने भएको हो। यी दुवै कम्पनीको गत पुस २९ गतेसम्म वार्षिक साधारणसभाले मर्जर प्रक्रिया स्वीकृत गरेको थियो। 

नेपाल बीमा प्राधिकरणले गत माघ १६ गते र नेपाल धितोपत्र बोर्डले गत माघ २४ गते यी दुवै कम्पनीको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। कम्पनी रजिस्ट्रारको कार्यालय गत फागुन ८ गते गाभिने कम्पनीको सम्पूर्ण ऋण, धन र दायित्व नयाँ बन्ने कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले व्यहोर्ने र बुझाउन बाँकी रहेको विवरणसमेत बुझाउने सकार्ने गरी स्वीकृतिपत्र प्रदान गरेको थियो।

यी दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्जर भएका हुन्। यी दुवै कम्पनी समान हैसियतमा गाभिएपछि चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।