काठमाण्डौ । फिफा विश्वकप–२०२२ ले ट्विटर एक्टिभिटीलाई नयाँ उचाइमा पुर्याएको छ।
कम्पनीका नयाँ मालिक एलन मस्कले एउटा डाटा सेअर गर्दै माइक्रो–ब्लगिङ प्लेटफर्मको विश्वकप ट्राफिक प्रतिसेकेन्ड लगभग २० हजार ट्विट्स पुगेको दाबी गरे। उनले ट्विट गरेका छन्, ‘विश्वकपको ट्राफिक आज प्रतिसेकेन्ड करिब २० हजार ट्विट पुगेको छ। ट्विटरको रेकर्ड उपयोगको प्रबन्ध गर्ने ट्विटर टोलीले उत्कृष्ट काम गरेका छन्।
अर्को ट्विटमा मस्कले भनेका छन्, ‘इमानदारीपूर्वक भन्नुपर्दा ट्विटरमा राति अबेरसम्म काम गर्ने धेरै व्यक्ति छन्, जसलाई म धेरै सम्मान गर्छु।’
दुई दिनअघि मस्कले ट्विटरमा गत हप्तामा दैनिक १६ लाख सक्रिय प्रयोगकर्ता थपिएको दाबी गरेका थिए। उनले यो माइक्रो ब्लगिङ प्लेटफर्मका लागि अहिलेसम्मकै उच्च रहेको बताए।
ग्राफ अनुसार दैनिक सक्रिय प्रयोगकर्ताले अक्टोबरको अन्त्यमा स्पाइक देखिएको थियो। जब मस्कले प्लेटफर्मको नेतृत्व लिएका थिए। त्यसपछि यो बढेर २५९.४ मिलियन पुगेको थियो। तुलनात्मक रुपमा अक्टोबरको सुरुमा सक्रिय प्रयोगकर्ता लगभग २५० मिलियन थियो।
सोही थ्रेडमा एलन मस्कले पनि ट्विटरले भिडियो स्ट्रिमिङ सेवाको सन्दर्भमा युट्युबसँग छिट्टै प्रतिस्पर्धा गर्ने बताए। मस्कले ट्विटरले छिट्टै ‘क्रिएटर्सका लागि हायर कम्पन्सेसन’सहित भिडियो सेवा सुरु गर्न सक्ने दाबी गरेका थिए।
फिफा विश्वकप सुरु हुनुअघि एलन मस्कले ट्विट गरेका थिए, ‘विश्वकपको पहिलो खेल आइतबार हो। ट्विटरमा उत्कृष्ट कभरेज र वास्तविक–समय टिप्पणी हेर्नुहोस्।’
अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफीका लागि विश्वभरका ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन्। यसपटकको फिफा विश्वकपमा ८ समूह बनाइएको छ। प्रत्येक समूहमा ४ टोली राखिएको छ। फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ। –एजेन्सी
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago