– अर्जुन तिमिल्सिना
काठमाण्डौ । र्याडिसन होटेल एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो। यो होटेल एसिया, अफ्रिका, युरोप र मध्यपूर्वमा फैलिएको छ।
नेपालमा ओरियन्टल होटल्स लिमिटेड (र्याडिसन) काठमाण्डौको लाजिम्पाटमा रहेको छ। यो होटेलमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार यो होटेलको चुक्तापुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा करिब चुक्ता पुँजीबराबर नै ९३ करोड १५ लाख रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशत बढी हो।
समीक्षा अवधिमा होटेलको खुद मुनाफा ६ करोड २ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा भने यो होटेल १० करोड ५२ लाख रुपैयाँ घाटामा रहेको थियो।
हाल ओरियन्टल होटेलको प्रतिसेयर आम्दानी (ईपीएस) ७.०९ रुपैयाँ, बुक भ्यालु १८२.५७ रुपैयाँ र रिटर्न अन इक्विटी ३.८९ प्रतिशत रहेको छ।
पछिल्लो ६ वर्षको अवधिमा यो होटेलले वार्षिक औसत २०.४४ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ।
फियर एन्ड ग्रीड इन्डेक्सका आधारमा
फियर एन्ड ग्रीड मिटरका आधारमा यो होटेलको सेयर साप्ताहिक बुलिस सेन्टिमेन्टमा रहेको देखिन्छ। फियर एन्ड ग्रिडमा २० भन्दा तल भएमा लगानीकर्ताको सेन्टिमेन्ट बियरिस, ५० को विन्दुमा न्युट्रल र ६० देखि माथि भएमा बुलिस सेन्टिमेन्ट भएको बुझिन्छ। हाल यो होटेलको मिटर ७० को तहमा बुलिस सेन्टिमेन्ट रहेको देखिन्छ।
यो होटेलको सेयरको ५२ साताको उच्च मूल्य ६४९ रुपैयाँ र न्यून मूल्य ४१६ रुपैयाँ रहेको छ। हाल दोस्रो बजारमा यो होटेलको सेयर प्रतिकित्ता ६३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा यो होटेलको सेयर करिब ६ महिना पहिलेदेखि नै बुलिस रहेको देखिन्छ। यदि सुपर ट्रेन्डलाई मूल्यरेखाले तलबाट काटेर माथि जान्छ भने यो होटेलको सेयरभाउ बुलिस बन्दै गएको मान्न सकिन्छ। योसँगै सुपर ट्रेन्डको रङ पनि रातोबाट हरियो बनेको छ।
बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा यो होटेलको सेयरभाउमा अप्पर ब्यान्डमा छोएर केही करेक्सन भएको छ। यस्तो करेक्सन मध्य ब्यान्डसम्म आउन सक्छ।
म्याक्डीमार्फत हेर्दा करिब २ महिनापहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकरात्मक रहेका छन्।
आरएसआई भने ओभर बट जोन ७४ बाट झरेर हाल ५९ को तहमा पुगेको छ। यसले यो होटेलको सेयरभाउमा अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ।
पिभटका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३– ७५९
प्रतिरोध २– ७०९
प्रतिरोध १– ६४७
पिभट प्वइन्ट : ५९६
घटेमा सपोर्ट
सपोर्ट १– ५७४
सपोर्ट २– ४८४
सपोर्ट ३– ४२२
निष्कर्ष
ओरियन्टल होटेल आधारभूत रुपमा राम्रै कम्पनी मानिन्छ। नेपालमा ओरियन्टल र अन्तर्राष्ट्रिय रुपमा र्याडिसन होटेलको नामले परिचित यो होटेल आफैँमा एउटा ५ स्टार होटेल हो। यो होटेलमा चुक्तापुँजीबराबर नै जगेडा कोष पनि रहेको छ।
प्राविधिक रुपमा यो होटेलको सेयरभाउ सुपर ट्रेन्डमा बुलिस देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा न्यून विन्दुबाट करिब २०० रुपैयाँ बढिसकेकोले अल्पकालमा केही करेक्सन हुन सक्ने देखिन्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस होइन।
10 hours ago
21 hours ago
21 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago