– अर्जुन तिमिल्सिना
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटेल (हायात) एउटा अन्तर्राष्ट्रिय चेन होटेल हो। भारतका विभिन्न ठाउँलगायत काठमाण्डौमा रहेको यो पाँचतारे लक्जरी होटेल हो।
तारागाउँ रिजेन्सी होटेल नेपालमा सन् २००० मा स्थापित भएको हो। यो होटेलले सन् २०१९ मा साउथ एसियन ट्राभल्स अवार्ड पाएको थियो। यसअघि पनि यो होटेल ७ पटक वर्ल्ड ट्राभल्स अवार्डबाट सम्मानित पनि भइसकेको छ।
यो होटेलमा संस्थापक समूहको ५७ प्रतिशत र सर्वसाधारण समूहको ४३ प्रतिशत सेयर स्वामित्व रहेको छ।
आधारभूत पक्ष
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार तारागाउँ रिजेन्सी होटेलको चुक्तापुँजी १ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड ३९ रुपैयाँ रहेको छ। यो जगेडा कोष अघिल्लो वर्षको यही अवधिको तुलनामा ८३ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा होटेलको खुद मुनाफा २३ करोड ८८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो मुनाफा जम्मा ४ करोड १४ लाख रुपैयाँमात्रै थियो। होटेलको बुक भ्यालु १३१ रुपैयाँ, प्रतिसेयर आम्दानी १२.६६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९४ रुपैयाँ र रिटर्न अन इक्विटी १३.२७ प्रतिशत रहेको छ। कम्पनीको पछिल्लो ५ वर्षको वार्षिक औसत लाभांश १० प्रतिशत रहेको छ। कम्पनीको हालको मूल्य आम्दानी अनुपात ५४ गुणा रहेको छ।
प्राविधिक पक्ष
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा यो होटेलको सेयरभाउ हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। यस्तो मिटर हाल ६५ को तहमा रहेको छ। यसले लगानीकर्ताको सेन्टिमेन्ट बुलिस बन्दै गरेको देखिन्छ। फियर एन्ड ग्रिड मिटरमा २० भन्दा तल बियरिस, ५० आसपास रहेमा न्युट्रल र ६० भन्दा माथि रहेमा बुलिस सेन्टिमेन्ट रहेको भन्ने बुझिन्छ।
तारागाउँ रिजेन्सी होटेलको सेयरको ५२ साताको उच्च मूल्य ६८४ रुपैयाँ र न्यून मूल्य ३१२ रुपैयाँ रहेको छ। दोस्रो बजारमा अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता ६८४ रुपैयाँ नै रहेको छ।
सुपर ट्रेन्डका आधारमा
सुपर ट्रेन्डका आधारमा यो होटेलको सेयरमा करिब ६ महिनापहिले नै खरिद सिग्नल दिएको देखिन्छ। उक्त सिग्नल हालसम्म पनि भ्यालिड नै रहेको छ। सुपर ट्रेन्डमा यो होटेलको सेयरमा दैनिक तथा साप्ताहिक दुवै समयावधिमा खरिद सिग्नल बनेको देखिन्छ। यदि मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि–माथि चल्छन् र ट्रेन्ड लाइन पनि हरियो बन्छ भने त्यसलाई खरिद सिग्नल मिलेको भनेर बुझिन्छ।
बोलिंगर, म्याक्डी तथा आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा पनि यो होटेलको सेयर करिब ६ महिना पहिलेदेखि नै अप ट्रन्डमा चलेको देखिन्छ। मूल्यरेखाहरु जनवरी महिनामा नै मध्य ब्यान्डबाट माथि चलेका छन् भने म्याक्डीमा पनि बुलिस क्रसओधर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन्। आरएसआई भने ओभर बट जोन ७५ मा चलेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा भने यो होटेलको सेयर बुल यात्रामा चलेको देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो होटेलको उतारचढावका आधारमा निम्नानुसार प्रतिरोध र सपोर्टका विन्दु रहेका छन्–
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ५५५
घटेमा सपोर्ट
निष्कर्ष
होटेल तथा पर्यटन समूहमा रहेको तारागाउँ रिजेन्सी पछिल्लोपटक लगानीकर्ताको आकर्षणमा परेको होटेल हो। आधाभूत रुपमा यो होटेल राम्रै देखिन्छ भने रिटर्न अन इक्विटी पनि बढ्दो देखिन्छ। होटेलको प्रतिसेयर आम्दानी र खुद मुनाफा अघिल्लो वर्षको तुलनामा बढ्दो गतिमा रहेको देखिन्छ। होटेलको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९४ रुपैयाँ रहेको देखिन्छ।
प्राविधिक रुपमा कम्पनीको सेयर अप ट्रेन्डमा रहेको देखिन्छ। फियर एन्ड ग्रिडमा बुलिस सेन्टिमेन्ट चलेको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
14 minutes ago
47 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago