– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका फाइनान्स कम्पनीमध्ये मञ्जुश्री फाइनान्स पनि एउटा हो। यो राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो। यसको स्थापना २०६८ असोज २८ मा भएको थियो। 

हाल देशभर गरेर यो कम्पनीको एउटा मुख्य कार्यालयसहित २६ वटा शाखा छन्। कम्पनीले आफ्ना ग्राहकलाई समयसापेक्ष वित्तीय सेवासुविधाहरु प्रदान गर्दै आइरहेको छ। 

चुक्तापुँजी १ अर्ब ३५ करोड रहेको यो कम्पनीको रिजर्भमा ४६ करोड ६५ लाख रुपैयाँ रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खुद नाफा ७ करोड ११ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २१.०५ रुपैयाँ रहेको छ। यो ईपीएस अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४८ प्रतिशतले बढी हो। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो कम्पनी मूल्यमा साप्ताहिक बुलिस सेन्टिमेन्ट अर्थात ६० को तहमा रहेको देखिन्छ। यस्तो मिटरमा २० भन्दा तल भए अधिक बियरिस र ८० भन्दा माथि भएमा  अधिक बुलिस रहेको मानिन्छ। हाल यो कम्पनी बुलिस सेन्टिमेन्टमा रहेको छ। 

कम्पनीको ५२ साताको उच्च मूल्य ११८० रुपैयाँ रहेको छ भने न्यून मुल्य ३७२ रुपैयाँ रहेको छ। हाल यो कम्पनीको दोस्रो बजारमा ३९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी तथा आरएसआईका आधारमा 

यो साताको पहिलो कारोबारमा कम्पनीको मूल्यरेखाले  बोलिंगर ब्यान्डको मध्य रेखाभन्दा माथि हरियो मारुबुजु क्यान्डल बनेको छ। यसले कम्पनीको मूल्यमा खरिद दबाब परेको तथा प्राविधिक रुपमा खरिद सिग्नल मिलेको देखिन्छ।(हेर्नुहोस् माथि मुख्य तस्बिरमा कालो एरो) 

म्याक्डीमा अघिल्लो साता बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। आरएसआई पनि सेप्पटेम्बर १३ मा ३० को ओभर सोल्ड जोनमा रहेको थियो भने हाल एक महिनादेखि अघिल्लो हाईलाई पनि ब्रेक गरेर हायर हाई बनाउँदै ५० को जोनभन्दा माथि गएको देखिन्छ। 

समग्रमा तीनवटै इन्डिकेटरले यो कम्पनीको सेयरमा बुलिस यात्रा तय हुँदै गरेको देखिन्छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध

  • प्रतिरोध १– ४६७
  • प्रतिरोध २– ४४५
  • प्रतिरोध ३– ३१३

पिभट प्वइन्टः ३९१

घटेमा सपोर्ट

  • सपोर्ट १– ३५९
  • सपोर्ट २– ३३७
  • सपोर्ट ३– ३०५

निष्कर्ष

आधारभूत रुपमा बलियो रहेको यो कम्पनीको यस वर्ष नाफामा उल्लेख्नीय प्रगति गरेको देखिन्छ। ईपीएसमा पनि अघिल्लो वर्षको तुलनामा १४८ प्रतिशतले बढोत्तरी भएको छ। करि १२५ रुपैयाँ नेटवर्थ रहेको कम्पनीको रिजर्भमा ४६ करोडबराबर रहेको छ। 

प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा यो कम्पनी बुलिस सेन्टिमेन्ट देखिन्छ। बोलिंगर ब्यान्डमा मूल्यरेखाले मध्य ब्यान्डलाई ब्रेक गरेको छ। आरएसआईमा पनि हायर हाईको अवस्था बनेको छ। यसले कम्पनीमा खरिदचाप परेको बुझ्न सकिन्छ।  

प्राविधिक तथा आधारभूत रुपमा बलियो रहेको यो कम्पनीको आगामी यात्रा माथि नै हुन सक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।