– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालमा सञ्चालित राष्ट्रियस्तरका विकास बैंकहरुमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंक पनि एउटा हो। पश्चिम नेपालको बुटवल कार्यक्षेत्र बनाएर स्थापित शाइन डेभलपमेन्ट बैंक र सोही क्षेत्रमा स्थापित अर्को बैंक रेसुंगा विकास बैंकबीच २०६९ मा मर्ज भएर राष्ट्रियस्तरको शाइन रेसुंगा डेभलपमेन्ट बैंक बनेको हो। 

यो बैंक हाल काठमाण्डौमै कर्पोरेट कार्यालय पनि सञ्चालित छ। बैंकका उपत्यकाभित्र र बाहिर गरेर जम्मा ८५ वटा शाखा सञ्चालनमा छन्। 

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको चुक्तापुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ। बंैकको रिजर्भमा ५५ करोड १० लाख र रिटेन अर्निङमा ४७ करोड ९७ लाख रुपैयाँ छ।

समीक्षा अवधिमा बैंकको ईपीएस २२.१२ रुपैयाँ छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २८ प्रतिशतले बढी हो। 

प्रथम त्रैमासमा बैंकले २० करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा झन्डै ४२ प्रतिशतले बढी हो। कम्पनीको बुक भ्यालु १४८.०५ रुपैयाँ र रिटर्न अन इक्विटी १४.९४ प्रतिशत रहेको छ।

बैंकको ९ वर्षको औसत वार्षिक लाभांश दर २० प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

इलिअट वेभका आधारमा यो बैंकाई सानो टाइम फेरेम माइनर डिग्रीमा पछिल्लोपटकको न्यून मूल्य २७० रुपैयाँबाट हेर्दा वेभ १ मा बढोत्तरीका साथ २९७ रुपैयाँसम्म, वेभ २ मा करेक्सन भएर २७५ रुपैयाँसम्म, वेभ ३ मा पुनः बढोत्तरीका साथ ३४४ रुपैयाँसम्म, वेभ ४ मा करेक्सन भएर फेरि ३३० रुपैयाँ र वेभ ५ मा पुनः बढोत्तरीका साथ ३९१ सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

फियर एन्ड ग्रिड मिटरका आधारमा 

फियर एन्ड ग्रिड मिटरका आधारमा यो बैंकको सेयरमा स्ट्रङ बुलिस सेन्टिमेन्ट देखिन्छ। यो बैंकको ५२ साताको उच्च मूल्य ५३८ रुपैयाँसम्म पुगेको थियो भने न्यून मूल्य २६५ रुपैयाँसम्म आएको थियो। हाल यो बैंकको दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ३२४ रुपैयाँ रहेको छ। 

सुपर ट्रेन्डका आधारमा 

यो इन्डिकेटरका आधारमा यस बैंकको सेयरमा खरिद सिग्नल बनेको देखिन्छ। यदि मूल्यरेखाले ट्रेन्ड लाइनलाई तलबाट काटेर माथि जान्छ र हरियो रेखा बन्छ भने त्यसलाई खरिद सिग्नल बनेको मानिन्छ। यो इन्डिकेटरका आधारमा बैंकको सेयरमा केही दिनपहिले खरिद सिग्नल बनेको थियो। 

 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३०९
  • प्रतिरोध २– २६२
  • प्रतिरोध ३– ३३८

पिभट प्वइन्टः  २९१

घटेमा सपोर्ट 

  • सपोर्ट १– २८१ 
  • सपोर्ट २– २६२
  • सपोर्ट ३– २५२

निष्कर्ष

चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय विवरण हेर्दा यो बैंक आधारभूत रुपमा बलियो देखिन्छ। खुद नाफामा झन्डै ४२ प्रतिशतले बढोत्तरी आएको छ। ईपीएस पनि २८ प्रतिशतले बढेको छ। यस हिसाबले यो बैंक आधारभूत रुपमा बलियो देखिन्छ। 

त्यसैगरी प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको छ। यसले यो बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ। 

आरएसआई भने ३३ को ओभर सोल्ड जोनबाट बढेर हाल ७० को ओभरबट जोनमा पुगेकोले आगामी कारोबारमा सामान्य करेक्सन हुन सक्छ। 

नोट : सेयर बजरमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।