काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै उतारचढाव देखियो। एकपटक घटेर १९०० तल गएको बजार पुनः १९०० माथि नै बन्द भएको छ।
प्राविधिक रुपमा आज पनि बजारमा बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा सपोर्ट लिएर ड्रागन फ्लाई डोजी स्टार बनेको छ। यसले बजारमा बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिएको बुझिन्छ।
बजारले आज फिवोनासीको करिब ०.६१ प्रतिशतबाट सपोर्ट लिएर पुनः १९०० माथि चढेको छ। यदि आगामी कारोबार १९०० भन्दा माथि–माथि टिकेर कारोबार भयो भने बजारले माथिको यात्रा तय गर्न सक्छ।
म्याक्डीमार्फत हेर्दा केही समय पहिला बनेको बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम सकारात्मक नै रहेको छ।
आरएसआईमार्फत हेर्दा आज बजार ४७ को न्युट्रल जोनमा रहेको छ। आगामी कारोबारमा यदि १९१५ भन्दा माथि–माथि कारोबार भएमा बजारको अप ट्रेन्ड चलेको बुझ्न सकिन्छ भने आजको लो प्वइन्ट १९९३ भन्दा तल गएमा बजारमा केही समय बिक्री दबाब रहन सक्छ। तर, आजको बजार मुभमेन्टम, कारोबार र भोलुमलाई विश्लेषण गर्दा बजार बुधबार पनि साइडवेज चलेर बिहीबारबाट यूटर्न लिन सक्ने देखिन्छ।
नोट: सेयर बजारमा लगानी जोखमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
6 minutes ago
36 minutes ago
46 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago