काठमाण्डौ ।  सनराइज बैंकले आज बुधबार ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा संचालनमा ल्याएको छ ।

आज बुधबार आयोजित उद्घाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमा  क्षेत्रपटी प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पु¥याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै  डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अभैm बढी लगानी गर्नुपर्ने आवश्यता रहेकोे दाबीसमेत गरे । 

सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४९ वटा एटिएममार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।