काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि ब्याजदर बढाउने तयारी गरिरहेको छ। योसँगै विश्वका ठूला सेयर बजारमा गिरावट आएको छ।
अमेरिकी आर्थिक विश्लेषकहरुले हालको रेटबाट फेडले ०.२५ प्रतिशतसम्मले ब्याजदर बढ्न सक्ने बताएका छन्। हाल फेडले ब्याजदर बढाएर ४.५ प्रतिशत पुर्याएको छ।
फेडले ब्याजदर बढाउने संकेत गरेसँगै लगानीकर्ताहरु आत्तिएका छन्। जसका कारण अमेरिकी सेयर बजारमा बिक्री दबाब परेको छ।
योसँगै डाउ जोन २ प्रतिशत अर्थात ५७५ अंकले गिरावट आएको छ। एसएन्डपी ५०० मा पनि ६२ अंकको गिरावट आएको छ।
यसको प्रभाव युरोपियन तथा बेलायतको बजारमा पनि देखा परेको छ। फ्रान्सको क्याक तथा बेलायतको फुट्सी १०० मा गिरावट आएको छ। –एजेन्सी
8 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago