काठमाण्डौ । अमेरिकाबाट सुरु भएको बैंकिङ संकट युरोपमा बढ्दै गएको छ। युरोपमा अर्को बैंकको क्रेडिट डिफल्ट भइरहेको छ। जसको नाम ड्युस बैंक हो। जसका कारण यसको सेयरमूल्यमा भारी गिरावट आएको छ।
बैंकले बीमा गरेको कर्जाको पूर्वनिर्धारित दर ४ वर्षकै उच्च विन्दुमा पुगेको छ। क्रेडिट सुइसपछि ड्युस बैंकले अब लगानीकर्ताको तनाव बढाइरहेको छ।
बैंकको कर्जा डिफल्ट स्वापमा तीव्रता आएपछि मार्च २४ मा बैंकको सेयरभाउ १४ प्रतिशतभन्दा बढीले घटेको थियो। यसै क्रममा मार्च २५ मा सेयरभाउ ६.५ प्रतिशतले घटेको थियो।
ड्युस बैंकको सीडीएस एक प्रकारको बीमा हो। जसले कम्पनीका बन्डधारकहरुको कुनै पनि डिफल्टविरुद्ध कभर प्रदान गर्दछ।
स्ट्यान्डर्ड एन्ड पुअर्स मार्केट इन्टेलिजेन्सको तथ्यांकअनुसार ड्युस बैंकको क्रेडिट डिफल्ट स्वाप २०० आधार विन्दुले बढेको छ। जुन सन् २०१९ को सुरुदेखिकै सबैभन्दा बढी हो। केही दिनअघि यो बैंकको क्रेडिट डिफल्ट स्वापमा १४२ अंकको वृद्धि रेकर्ड गरिएको थियो।
विज्ञहरुका अनुसार केही समयदेखि लगानीकर्ताको नजर ड्युस बैंकमा केन्द्रित भएको छ। क्रेडिट सुइस बैंक जसरी संकटमा फसेको थियो, यो बैंक पनि त्यही बाटोमा अघि बढिरहेको छ। ड्युस बैंकमा धेरै परिवर्तन भएको छ र नेतृत्व पनि परिवर्तन गरिएको छ। ता कि यसको काममा सुधार गर्न सकिन्छ। तर, अवस्थामा सुधार भएन। अहिले बैंक डुब्ने बाटोमा अघि बढेको छ।
अमेरिकामा दुईवटा बैंक डुबेका छन्। यो संकटको छाया अन्य धेरै बैंकमा पनि परेको देखिन्छ। सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुबेपछि अमेरिकाको बैंकिङ संकटले थप धेरै बैंकलाई आफ्नो चपेटामा लिन सक्ने आशंका गरिएको छ।
युरोपको क्रेडिट सुइस बैंक संकटमा फस्यो र बिक्री भयो। युनियन बैंक अफ स्विट्जरल्यान्ड (यूएसबी) ले वित्तीय संकटको सामना गरिरहेको स्विस बैंक क्रेडिट सुइसको अधिग्रहणको घोषणा गरेको छ।
सिलिकन भ्याली बैंक डुब्नुको कारण ब्याजदर बढेको बताइएको छ। केही दिनअघि चीनको केन्द्रीय बैंकले अमेरिकाको सिलिकन भ्याली बैंक डुब्दा विकसित देशमा ब्याजदरले अर्थतन्त्रमा कस्तो असर पारेको छ भन्ने देखाएको थियो।
स्थितिमा सुधार नभए अमेरिकाका करिब ११० बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकजस्ता संकटमा फस्न सक्ने आशंका गरिएको छ। बैंकिङ संकट समाधान गर्न अमेरिकाको फेडरल रिजर्भले बैंकहरुलाई २५० अर्ब डलरको आर्थिक सहायता उपलब्ध गराएको छ। –एजेन्सी
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
19 hours ago
19 hours ago