काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामै ९०० रुपैयाँले उकालो लागेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ८९ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ४५० रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार पनि सुनको भाउ तोलामै १ हजार रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि सुनको भाउ तोलामै २ हजार ५०० रुपैयाँले बढेको छ। गत साता प्रतितोला फाइन गोल्ड ८७ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि २० रुपैयाँले उकालो लाग्दै तोलाको १ हजार २८० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि तोलामा १५ रुपैयाँ बढेर चाँदी १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो।
यो साताभरि चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ। गत शुक्रबार चाँदी १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।
23 minutes ago
32 minutes ago
37 minutes ago
51 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago