काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि लगातार उकालो लागिरहेको कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको छ। 

आज बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा निरन्तर उकालो लागिरहेको थियो।

आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२.७२ डलरमा झरेको छ। अर्कोतर्फ डब्ल्यूटीआई कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल ७८.५१ डलरमा झरेको छ। हिजो बुधबार ब्रेन्ट कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल ८४.५० डलर पुगेको थियो। डब्ल्यूटीआई कच्चा तेल पनि प्रतिब्यारेल ७९.६९ डलरमा कारोबार भएको थियो। 

ओपेक राष्ट्रहरुले लिएको निर्णयको प्रभावले रेकर्डस्तरमा झरेको कच्चा तेलको भाउ कुनै बेला १०० डलर नजिक पुगेको थियो। –एजेन्सी