काठमाण्डौ । नेपाली बजारमा आइतबार अमेरिकी डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको छ। 

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०२ रुपैयाँ र खरिददर १३१.४२ रुपैयाँ कायम भएको हो। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो। 

गत शुक्रबारको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३१.३२ रुपैयाँ र खरिददर १३०.७२ रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो। 

मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकाको फेडरल रिजर्भले ब्याजदर बढाएको छ। योसँगै डलर पनि विश्व बजारमा बलियो बन्दी गएको छ।

भारतीय रुपैयाँ पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ। 

डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ। 

यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।