काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।
आज मंगलबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो।
नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.५४ रुपैयाँ र खरिददर १३२.९४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।
यसअघि गत भदौ २२ गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.४४ रुपैयाँ र खरिददर १३२.८४ रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो।
पछिल्लो समय भारतीय मुद्रा पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ।
भारतमा पछिल्लो समय विदेशी लगानीकर्ताले लगातार आफ्नो लगानी फिर्ता लगिरहेका छन्। जसका कारण त्यहाँको विदेशी मुद्राको सञ्तिचित घट्न पुगेको छ। यसले भारु डलरको तुलनामा कमजोर बनेका खबरहरु पनि सार्वजनिक भइरहेका छन्।
डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ।
6 minutes ago
26 minutes ago
28 minutes ago
34 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago