काठमाण्डौ । सुनको भाउ आज बुधबार पनि बढेको छ।
यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। यो बढोत्तरीसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको हो।
सुनको भाउ हिजो मंगलबार पनि तोलामै ९०० रुपैयाँ बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएका थियो।
यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको थियो। भाउमा आएको गिरावटसँगै आइतबार प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढीको छ। योसँगै आज प्रतितोला चाँदी १ हजार १९० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि चाँदीको भाउ २५ रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला चाँदी १ हजार १७५ रुपैयाँमा कारोबार भएको थियो।
24 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago