काठमाण्डौ । पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकले फेरि नेपालमा कोरोना संक्रमण बढ्न थालेको देखिएको हो। 

पछिल्लो २४ घन्टामा थप २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो। जसमा २६० जनामा संक्रमण पुष्टि भएको छ।

यो अवधिमा थप ४८ जना निको भएर घर फर्किएका छन्। 

संक्रमणको मामिला बढ्न थालेपछि सक्रिय संक्रमितको संख्या पनि बढेको छ। हाल देशभर कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ।