काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा फेरि उछाल आएको छ।
गत साता कच्चा तेलको मूल्यमा भारी उछाल आएको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट तेलको भाउ ४.२७ प्रतिशत वा ४.०३ डलरले बढेर ९८.४५ डलर प्रतिब्यारेलमा बन्द भएको छ।
यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशत अर्थात ४.७५ डलरले बढेर ९३.२० प्रतिब्यारेलमा बन्द भएको छ। यसरी नै मूल्य तीव्रगतिले बढ्ने हो भने आगामी दिनमा तेलको मूल्य १०० डलर प्रतिब्यारेल अर्थविदहरुको अनुमान छ।
कच्चा तेलको मूल्य बढ्नुमा तेल उत्पादक देशहरुको निर्णय मुख्य कारण रहेको बताइएको छ। तेल निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगीहरु (ओपेक प्लस) ले गत बुधबार उत्पादन कटौती गर्ने निर्णय गरेको थियो। ओपेक प्लसले नोभेम्बरदेखि दैनिक २० लाख ब्यारेल उत्पादन कटौती गर्ने निर्णय गरेको छ। –एजेन्सी
27 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago