काठमाण्डौ । छिमेकी भारतमा एकैदिनमा २२६ नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै देशमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४६ लाख ७७ हजार १०६ पुगेको छ। 

पछिल्लो २४ घन्टामा निको हुनेको संख्या १९८ रहेको छ। जब कि सक्रिय संक्रमितको संख्या ३ हजार ४२४ पुगेको छ। 

चीन र जापानपछि अहिले भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट देखा परेको छ। यो भेरियन्टको नाम बीएफ७ हो। जसले चीनमा कहर मच्चाइरहेको छ। 

डब्ल्यूएचओका अनुसार बीएफ७ कोरोनाको हालसम्म सबैभन्दा छिटो फैलिने भेरिएन्ट हो।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक तथ्यांकअनुसार दिल्लीमा संक्रमणका कारण थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ५ लाख ३० हजार ६९३ पुगेको छ। 

तथ्यांकका अनुसार भारतमा बिरामीको निको हुने राष्ट्रियदर ९८.८०% छ। हालसम्म भारतमा कुल ४ लाख ४१ लाख ४२ हजार ९८९ जना संक्रमणमुक्त भइसकेका छन् भने कोभिड–१९ बाट मृत्युदर १.१९ प्रतिशत रहेको छ।

मन्त्रालयको वेबसाइटका अनुसार देशभर चलिरहेको खोप अभियानअन्तर्गत हालसम्म २ करोड २० लाख ५ लाख १६ हजार २४९ डोज कोभिड–१९ विरुद्धको खोप दिइएको छ। योसँगै पछिल्लो २४ घन्टामा १ लाख ११ हजार ३०४ डोज कोरोना भ्याक्सिन दिइएको छ। –एजेन्सी