काठमाण्डौ । सुनको भाउको उकालो यात्रा अझ तीव्र भएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउले प्रतितोलामा २०० रुपैयाँले बढेर ५७ हजार रुपैयाँको बिन्दूू छोएको छ । 

ठूला चाडपर्व सुरु भइसकेका कारण घरेलु बजारमा आन्तरिक माग बढ्दा र अन्तर्राष्ट्रिय बजारमा समेत भाउ बढिरहेका कारण सुनको भाउ बढेर वर्षकै उच्च विन्दूमा पुुगेको हो । आइतबार प्रति तोला ५६ हजार ८ सय रुपैयाँको उचाईमा पुुगेको सुनको भाउ प्रति तोलामा २ सय रुपैयाँले बढेर सोमबार ५७ हजार रुपैयाँ कायम भएको हो । 

२०७४ सालको ५ महिनाको अवधिमा सुनको भाउ यति माथिल्लो बिन्दूमा पुुगेको थिएन । आइतबार वर्षकै उच्च विन्दूमा रहेको भाउको रेकर्डलाई समेत तोड्दै सोमबार तोलाको ५७ हजारको उचाई चुुमेको हो । 

भदौ १ गते प्रति तोला ५५ हजार ५ सय रुपैयाँमा सीमित थियो । २०७४ सालको पाँच महिनाको अवधिमा सुन सबैभन्दा सस्तो असार २६ र २७ गते प्रति तोला ५२ हजार ८ सय रुपैयाँ कायम थियो। 

यो वर्षको बैशाख महिनामा सुनको भाउ प्रति तोला ४ र ६ गते ५५ हजार ७ सय थियो । यो महिनाको २९ गते प्रति तोला ५३ हजार ३ सय मूल्य कायम थियो ।  

यस्तै, जेठ महिनामा सुनको भाउ सबैभन्दा महंगो २४ गते प्रतितोलामा ५५ हजार ६ सय र सबैभन्दा कम बैशाख १ गते ५३ हजार ३ सय कायम थियो । 

यस्तै, असार १ गते सुन प्रति तोला ५४ हजार ७ सयमा कारोबार भएको थियो । यो महिना सबैभन्दा सस्तो २६ र २७ गते ५२ हजार ८ सय कायम भएको थियो । 

आर्थिक वर्षको सुरुवातको महिना साउनमा २९ गते प्रति तोलामा ५५ हजार ५ सय र सबैभन्दा कम साउन १ गते ५३ हजार ५ सय कायम भएको थियो । 

भदौमा यसअघि सुन सबैभन्दा सस्तो १ गते प्रति तोला ५५ हजार ५ सय कायम भएको थियो । 

यसरी नयाँ वर्षको ५ महिनाको अवधिमा सुनको भाउ प्रति तोलामा ४ हजारले बढिसकेको छ । ५२ हजार ८ सयमा झरिसकेको मूल्य ५६ हजार ८ सय पुुगिसकेको हो । असार २६ र २७ गते सुन खरीद गरी सञ्चित गर्नेहरुले तीन महिनाको अवधिमा तोलामा ४ हजार बढिसकेको देखिएको छ । यो हिसाबले तीन महिनाको अवधिमा सुनमा लगानी गर्नेहरुले ८ प्रतिशतले रिटर्न पाएका छन् । 

सुनसँगै चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य भदौ १८ गते आइतबार प्रति तोला ७ सय ८० रुपैयाँको उचाईमा पुुगेको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्ने क्रम जारी रहेको र दशैंतिहारजस्ता मुख्य चाडपर्व आउनै बाँकी रहेकोले सुनको भाउ अझै बढ्न सक्ने विश्लेषकहरुले बताएका छन् । कतिपयले त दशैंसम्म सुनको भाउ ६० हजार प्रतितोलासम्म पुुग्नसक्ने प्रक्षेपण समेत गर्न थालेका छन् ।