काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

निगमले आज मध्यरातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य २ रुपैयाँको दरले बढाएको हो । 

बढेको मूल्य समायोजनपछि अब पेट्रोलको भाउ १२७ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य ११० रुपैयाँ प्रतिलिटर पुगेको छ । 

आन्तरिकतर्फको हवाई इन्धनको मूल्यमा पनि प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य बढेर ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

यस्तै, अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर २०ले वृद्धि गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढाइरहेको छ । 

जेठ २२ गते पनि निगमले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको थियो । त्यसभन्दा अघि लगातार २ पटक १५ दिनको अन्तरमा मूल्य बढाइएको थियो ।