काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेल तथा खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको हो। निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले बढाएको छ। अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मट्टीतेल ११३ रुपैयाँ कायम भएको छ।
एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएर १ हजार ४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ। हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ।
इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको जनाएको छ।
यसअघि निगमले गत असार ३० गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।
5 minutes ago
19 minutes ago
23 minutes ago
33 minutes ago
41 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago