काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार सुनको भाउ फेरि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ८०० रुपैयाँमा झरेको थियो। 

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेर १ हजार २९० रुपैयाँ पुगेको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो।