काठमाण्डौ । छिमेकी मुलुक भारतमा फेरि तीव्रगतिमा कोरोनाभाइसको संक्रमण फैलिन थालेको छ। 

पछिल्लो २४ घन्टाको अवधिमा भारतमा कोरोनाबाट २ हजार १८३ जना संक्रमित भएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा १ हजार ९८५ जना संक्रमित निको भएका छन्। 

भारतमा कोरोनाबाट मृत्यु हुने आँकडा पनि बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा भारतमा थप २१४ जनाको मृत्यु भएको छ। 

भारतमा अहिले सक्रिय संक्रमितको संख्या बढेर ११ हजार ५४२ पुगेको छ। –एजेन्सी