काठमाण्डौ । भारतमा फेरि कोरोना संक्रमणको रफ्तार बढ्दै थालेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ५८२ नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो तथ्यांकअनुसार अहिले भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ५१३ पुगेको छ। अघिल्लो दिन यो संख्या ४० हजार ३७० थियो।
सक्रिय संक्रमितहरुको संख्या कुल संक्रमितको ०.१० प्रतिशतबराबर हुन आउँछ।
पछिल्लो २४ घन्टामा भारतमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ५ लाख २४ हजार ७६१ पुगेको छ। –एजेन्सी
23 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
14 hours ago