काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल,  डिजल र हवाइ इन्धनको मूल्य पुनः बढाएको छ । 

आइतबार निगम सञ्चालक समिति बैठकले पेट्रोलको मूल्य प्रतिलिटरमा एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाँले वृद्धि गरेको हो । नयाँ भाउ अनुसार अब पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेलको मूल्य प्रति लिटर ९५ रुपैयाँ पुगेको छ । 

यस्तै, आन्तरिक उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य बढेर १०४ रुपैयाँ ५० पैसा पुगेको छ । बाह्य उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य ११२५ डलर प्रतिहजार लिटर पुगेको छ । साबिकमा यो १०७५ डलर प्रतिहजार लिटर रहेको थियो । 

बढेको मूल्यसूचि आइतबार मध्यराति १२ बजेदेखि लागू हुने बताइएको छ । 

खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाली मुद्रा अमेरिकी डलरसँग इतिहासमै सबैभन्दा बढी अवमूल्यन परेपछि यसको असर इन्धनको मूल्यमा परेको हो । इण्डियन आयल कर्पोरेसनले अगस्ट १६ मा नेपाल आयल निगमलाई साबिकको मूल्यसूचि बढाएर पठाएपछि सोहीअनुसार घरेलु बजारमा समेत इन्धनको मूल्य बढाउनुपरेको निगमको स्पष्टोक्ति छ । 

मूल्यवृद्धिको बिषयमा निगमले जारी गरेको सूचना यस्तो छः