काठमाण्डौ । अमेरिकी अनुसन्धान फर्मको रिपोर्टपछि अडानीको सेयरमा आएको गिरावट रोकिन थालेको छ। अडानीले विदेशबाट ठूलो लगानी पाएका छन्।
राजीव जैनको कम्पनी जीक्यूजीले अडानीको सेयरको बम्पर खरिद गरेको छ। यो कम्पनीले अडानी समूहका ४ कम्पनीको सेयरमा १५ हजार करोड रुपैयाँ लगानी गरेको थियो। यो खबर आएपछि अडानी समूहको कम्पनीहरुको सेयरभाउ रकेट गतिमा बढेको छ।
गत साता अडानीको सेयरमा ठूलो रिकभरी भएको छ। अडानीको सेयरभाउ तीव्रगतिमा उकालो लाग्न थाल्यो।
अडानीको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर ४ दिनमा ५७ प्रतिशतले बढेको छ। अर्कोतर्फ अडानी समूहको बजारमूल्य १.७ लाख करोड रुपैयाँले बढेको छ। अडानीको सेयर बढेपछि गौतम अडानीको व्यक्तिगत मूल्य तीव्रगतिमा बढेको छ।
गत साताको अन्तिम व्यापारिक दिन शुक्रबार गौतम अडानीको नेटवर्थमा तीव्र वृद्धि भएको छ। गत शुक्रबार अडानीको सेयर सबैभन्दा बढी बढेको थियो। अडानीको सेयरमा भएको वृद्धिका कारण शुक्रबार लगातार दोस्रो दिन गौतम अडानी विश्वकै सबैभन्दा धेरै नाफामा रहे। एकैदिन उनको कुल सम्पत्तिमा १४ प्रतिशतले वृद्धि भएको थियो। उनले शुक्रबार हरेक सेकेन्डमा करिब २ करोड रुपैयाँ कमाए।
फोर्ब्सका अनुसार सेयर बढेपछि अडानीको सम्पत्ति बढेर ४३ अर्ब डलर पुगेको छ। उनी अर्बपतिको सूचीमा २६ औँ स्थानमा पुगेका छन्। –एजेन्सी
7 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago