काठमाण्डौ । गत साता लगातार ओरालो लागेको अमेरिकी डलरको भाउ तीन दिन स्थिर रहँदै आज मंगलबार बढेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि मंगलबार कायम गरेको विनियम दरअनुसार प्रतिडलर खरिददर १२०.८४ रुपैयाँ र बिक्रीदर १२१.४४ रुपैयाँ पुगेको छ। डलरको भाउ गत शुक्रबारको तुलनामा ९६ पैसाले बढेको हो।
गत शुक्रबार प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ कायम भएको थियो। त्यसपछि डलरको भाउ गत तीन दिन शनिबार, आइतबार र सोमबार स्थिर रहँदै प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ नै कायम भएको थियो।
गत शुक्रबार भने डलरको भाउमा ९३ पैसाको गिरावट आएर प्रतिडलर खरिददर ११९.८८ रुपैयाँ र बिक्रीदर १२०.४८ रुपैयाँ कायम भएको थियो। अघिल्लो दिन बिहीबार प्रतिडलर खरिददर १२०.८१ रुपैयाँ र बिक्रीदर १२१.४१ रुपैयाँ कायम भएको थियो।
गत साताभरि डलरको भाउमा ९२ पैसाको गिरावट आएको थियो।
डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
5 minutes ago
17 minutes ago
44 minutes ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago