काठमाण्डौ । भारतमा फेरि कोरोनाभाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ। 

भारतले मंगलबार नयाँ भेरियन्ट पत्ता लागेको विषयमा औपचारिक जानकारी गराएको छ। भारतमा कोरोनाको AY.1 भेरियन्ट देखिएको पत्ता लागेको हो। जुन डेल्टा भेरियन्टसँग मिल्दोजुल्दो छ।

AY.1  र B.1.617.2.1 एउटा म्युटेसन हो। जसलाई भनिएको छ। यो निकै संक्रामक रहेको बताइएको छ। यो भेरियन्टको पहिचान पहिलोपटक भने दक्षिण अफ्रिकामा भएको छ। 

भारतमा कोरोना खोप अभियानका बनाइएको राष्ट्रिय विशेषज्ञ समूहका प्रमुख बीके पलले भने, ‘भारतमा २ दिनअघि मात्रै यो नयाँ भेरियन्ट देखिएको पत्ता लागेको हो। अहिले नै चिन्ता गर्नुपर्ने अवस्था छैन । हामी थप अनुसन्धान गरिरहेका छौँ।’

भारतीय पत्रिका द हिन्दुमा प्रकाशित समाचारअनुसार भारतका ५ प्रयोगशालाहरुले नयाँ भेरियन्टको डाटा गत मे र जुनमा GISAID लाई बुझाएका थिए। GISAID एउटा विश्वस्तरीय संस्था हो। 

नयाँ भेरियन्ट आन्ध्र प्रदेश, महाराष्ट्र, तेलंगाना र कर्नाटकमा देखिएको प्रमाणहरु फेला परेका छन्। डा पलले भने, ‘म्युटेसन एउटा जैविक तथ्य हो। हामीले बचावका तरिकाहरु अपनाउनुपर्छ । हामीले यसलाई फैलिनबाट रोक्नुपर्छ।’ – एजेन्सी