काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन हुन नहुने बताएका छन्। 

कोरोना संक्रमण बढ्न थालेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएससीसी) ले सरकारलाई देशभर विद्यालय बन्दसहितका १३ बुँदे सिफारिस दिएको भोलिपल्टै अर्थमन्त्री शर्माले मुलुकमा फेरि लकडाउन हुन नहुने धारणा राखेका हुन्। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अब फेरि लकडाउन भयो भने अर्थतन्त्रले थेग्न नसक्ने पनि स्पष्ट पारे। ‘त्यसैले अब फेरि लकडाउन गर्न हुँदैन’, उनले भने।

अर्थमन्त्री शर्माले माघ महिनाभरिमा तरलता समस्या समाधान हुने पनि बताए। ‘तरलतामा देखिएको संकट समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ’, उनले भने।