काठमाण्डौ । नेपालमा फेरि कोभिडका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक सार्वजनिक गर्दै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको जानकारी गराएको हो।

मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो।  

पछिल्लो २४ घन्टामा १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको छ। 

बितेको २४ घन्टामा थप ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेको छ।