काठमाण्डौ। देशभर फेरि एकैदिन १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। देशभर १६ हजार ६५४ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५४ जनामा र ४ हजार ५४७ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ हजार २६५ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा २ हजार ५४० जना निको भएका छन्। 

हाल देशभर ८२ हजार ५५० संक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।