काठमाण्डौ । जोकर भाइरस फेरि फर्किएर आएको छ। 

धेरै प्रयोगकर्ताले डाउनलोड गरेका केही एपमा यो जोकर भाइरस भेटिएको हो। विशेषगरी एन्ड्रोइड प्रयोगकर्ताका लागि यो भाइरस खतरनाक सावित हुन सक्छ।

जोकर भाइरस पहिलोपटक सन् २०१७ मा देखिएको थियो। यो साइबर अपराधीहरुका लागि निकै पपुलर च्वाइस हो। योमार्फत साइबर अपराधीहरुले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्छन्। यसबारे साइबर सुरक्षा अनुसन्धानकर्ताले चेतावनी पनि दिएका छन्।

एक रिपोर्टका अनुसार गुगल प्ले स्टोरका धेरै एपमा जोकर मालवेयर भेटिएको छ। यी एप १ लाखभन्दा बढी पटक इन्स्टल भइसकेको बताइएको छ। यसबारे प्राडियो जानकारी गराएको हो। 

साममोबाइलको रिपोर्टमा गुगल प्ले स्टोरमा रहेको स्मार्ट एसएमएस मेसेज, ब्लडप्रेसर मनिटर, भ्वाइस ल्यांग्वेज ट्रान्सलेटर र क्विक टेक्स्ट एसएमएस एप्समा जोकर मालवेयर फेला परेको छ। अनुसन्धान टोलीले गुगललाई यसबारे जानकारी गराएपछि प्ले स्टोरबाट यी एप अहिले हटाइएको छ। यद्यपि यी एप हटाउनुअघि नै १ लाखभन्दा बढी पटक डाउनलोड भइसकेका छन्। यसको मतलब धेरै मानिसहरुको डिभाइस खतरामा छ।

यदि यी एप डाउनलोड गर्नुभएको छ भने तिनलाई तुरुन्तै डिलेट गर्नुपर्छ। यसका साथै प्रयोगकर्ताले आफ्नो फोनको पासवर्ड परिवर्तन गर्नुपर्छ। –एजेन्सी