काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले फेरि पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको छ। 

आईओसीले आज (अगष्ट १) मा पठाएको नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १२.४५ रुपैयाँले घटाएको छ। यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो। 

भारतबाट मूल्य घटेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। यसअघि मूल्य घटेर आउँदा पनि निगमले अझै पनि प्रतिलिटर पेट्रोलमा १४.१९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २१.९२  रुपैयाँ घाटा नै रहेको जनाउँदै मूल्य समायोजन नगरेको हो। 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको निरन्तरको गिरावट आइरहेको छ। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यप्रति ब्यारेल १०३ अमेरिकी डलर हाराहारीमा छ।