काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन १ हजार ३०० रुपैयाँले उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९६ हजार २०० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ ३ हजार ६०० रुपैयाँले बढेको छ। गत साताको शुक्रबार प्रतितोला फाइन गोल्ड ९३ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।

यो साताभरि भने चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ। गत साताको शुक्रबार चाँदी १ हजार २२५ रुपैयाँमा किनबेच भएको थियो।