काठमाण्डौ । कुनै समय विश्वका शीर्ष तीन धनीव्यक्तिको सूचीमा परेका मार्क जुकरबर्ग पछिल्लो केही समययता कठिन परिस्थितिको सामना गरिरहेका छन्।
रुसको पछिल्लो कदमले मार्क जुकरबर्ग झन समस्या पर्ने देखिएको छ। रुसले इन्स्टाग्राम र फेसबुकको मूल कम्पनी मेटालाई आतंकवादी र चरमपन्थी संगठनको सूचीमा राखेको हो। रुसले गत मार्चमा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो।
रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो। रुसी अधिकारीहरुले यी सामाजिक सञ्जाल प्लेटफर्महरुले रुसविरुद्ध प्रचार गरिरहेको आरोप लगाएका छन्। इन्स्टाग्राम रूसमा निकै लोकप्रिय छ। यो विज्ञापन र बिक्रीका लागि एक महत्वपूर्ण प्लेटफर्म थियो।
फेसबुक (अहिले मेटा प्लेटफर्म) टिकटक र युट्युबजस्ता प्लेटफर्महरुबाट कडा प्रतिस्पर्धा भइरहेको छ। यो १८ वर्ष पुरानो कम्पनीबाट प्रयोगकर्ता टिकटक र युट्युबतिर सर्दैछन्। जसका कारण कम्पनीको राजस्वमा नराम्री प्रभावित बनेको छ।
यो वर्ष मेटा कम्पनीको सेयरमा भारी गिरावट आएको छ। यसले मेटाका सीईओ जुकरबर्गको नेटवर्थलाई पनि असर गरेको छ। लामो समयदेखि विश्वका शीर्ष तीनधनी व्यक्तिको सूचीमा परेका जुकरबर्ग अहिले २३ औँ स्थानमा झरेका छन्।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति ५०.३ अर्ब डलर छ। यस वर्ष उनको कुल सम्पत्ति ७५.२ अर्ब डलरको गिरावट आएको छ।
लगातार थुप्रै वर्ष यो कम्पनीले रेकर्ड ग्रोथ दर्ता गर्यो र लगानीकर्तालाई लोभलाग्दो प्रतिफल पनि दियो। तर, यो वर्ष कम्पनीको त्रैमासिक प्रतिवेदन राम्रो हुन सकेको छैन। फेसबुक पहिलोपटक कर्मचारी कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ। जुकरबर्गले कर्मचारी हटाउने संकेत गरेका छन्।
कम्पनीले मे महिनामा नै इन्जिनियर र डाटा वैज्ञानिक भर्ना गर्न रोकेको थियो। जुलाईमा जुकरबर्गले कर्मचारीलाई आगामी १८ देखि २४ महिना चुनौतीपूर्ण हुन सक्ने बताएका छन्।
जुकरबर्गसँग भर्खरै भएको भेटमा संलग्न कर्मचारीका अनुसार सबै म्यानेजरहरु लाई बजेट कटौती गर्न भनिएको छ। उनीहरुलाई नयाँ कर्मचारी भर्ना नगर्न र कर्मचारी कटौती गर्न निर्देशन दिइएको छ।
फेसबुकले आक्रामक रूपमा मेटाभर्स प्रडक्टहरु प्रवर्द्धन गरिरहेको छ। जसका कारण कम्पनीको आर्थिक अवस्था प्रभावित भएको हो। यससँगै फेसबुकले अन्य कम्पनीसँग पनि कडा प्रतिस्पर्धा गरिरहेको छ। जसका कारण कम्पनीको विज्ञापन राजस्वमा असर परेको छ। –एजेन्सी
20 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago