एजेन्सी । बेइजिङको एक अदालतले ‘फेसबुक’ नामलाई लिएर भइरहेको ट्रेडमार्कको लडाईमा फेसबुकको पक्षमा फैसला गरेको छ । 

मुद्धा फेसबुक र एक चिनियाँ कम्पनीबीच  चलिरहेको थियो । सो चिनियाँ कम्पनीले ‘फेस बुक’ नामको कम्पनी आफ्नो नाममा दर्ता गर्दै सो नामलाई प्रयोग गर्न खोजेको थियो । 

अदालतले भनेको छ कि यो स्पष्ट हुन्छ कि चिनिया कम्पनीले एक हाइप्रोफाइल ट्रेडमार्कको नक्कल गर्ने उद्देश्यले नैतिक सिद्धान्तको उल्लंघन गरेको छ । होङसान पर्ल रिभर कम्पनीले सन् २०१४ मा यो नामलाई दर्ता गरेको थियो । 

चीनमा सोसियल नेटवर्किङ साइट फेसबुक प्रतिबन्धित छ, तर हालैदेखि फेसबुक चिनियाँ बजारमा प्रवेश गर्ने प्रयासमा लागिरहेको छ । यो फैसलापछि चिनियाँ मिडियाहरुले लेखेका छन् कि अब चिन सरकारले फेसबुको बिषयमा आफ्नो पुरानो धारणा परिवर्तन गर्ने धेरै संभावना छ । 

हालै चीन भ्रमणमा आएका फेसबुकका मालिक मार्क जुकर बर्गले चीनका प्रचार प्रमुख लियू युनशान र मिडिया गुरु जैक मासँग भेटघाट गरेका थिए । सो क्रममा समेत उनले फेसबुकमाथि लागेको प्रतिबन्ध हटाउने बिषयमा कुराकानी गरेका बुझिएको छ । 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार पश्चिमा देशका कम्पनीले चीनमा लगातार ट्रेडमार्कको युद्ध लड्नुपर्छ । गएको हप्ता मात्र एप्पल कम्पनी ट्रेडमार्कको लडाईंमा हारेको थियो । यसको अर्थ अब चीनले एप्पल नामको छालाको हाते ब्याग बिक्री गर्न सक्नेछ ।