काठमाण्डौ । गुगलले पाँच महिनाअघि सुरुआत गरेको युनिक आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा आधारित फोटो प्रिन्टिङ सेवा पूर्ण रुपमा बन्द गर्ने योजना बनाएको छ।

एआई फोटो प्रिन्टिङ सेवा एउटा मन्थ्ली पेड सर्भिस हो। जहाँ यसका प्रयोगकर्ताले आफ्नो कलेक्सनमा रहेका फोटोहरु प्रिन्ट गर्न सक्छन्। 

गुगलले यो सेवा बन्द गर्ने योजना सुनाउँदै आफ्ना प्रयोगकर्तालाई यो सुविधालाई अझै कसरी परिस्कृत गर्न सकिन्छ भनेर लागिपरेको र यसबारे अपडेटड रहन आग्रह गरेको छ। गुगलले यो सेवामा एउटा विशेष अल्गोरिदम प्रोग्राम समावेश गरेको छ। जसका माध्यमबाट प्रयोगकर्ताको फोटो ग्यालरीमा रहेको सबैभन्दा उत्कृष्ठ फोटोलाई चुनेर ४ वाई ६ साइजमा प्रिन्ट गर्ने गरिन्छ। यो सेवाका लागि प्रयोगकर्ताले प्रत्येक महिना ७.९९ डलर भुक्तानी गर्नुपर्छ। 

यो प्याकेजअन्तर्गत १० वटा फोटो प्रिन्ट गर्न सकिन्छ। यो सेवालाई कम्पनीले ट्रायलका रुपमा अमेरिकामा सुरुआत गरेको थियो। 

गुगलले यो सेवालाई बन्द गर्ने विषयमा आधिकारिक रुपमा जनाएको भने छैन। तथापि यो सेवा प्रयोगकर्ताले त्यति नरुचाएको र विभिन्न समस्याको सामना गर्नुपरेकाले गुगलले यो सेवालाई बन्द गर्ने योजना बनिरहेको बताइएको छ। – एजेन्सी