काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकिङका बारेमा जनचेतना बढाउन र वित्तीय कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान सुरु गरेको छ। 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको फोनपेमार्फत रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राखेर तुरुन्तै अन्तरबैंक कारोबारमार्फत रकम पठाउन सकिन्छ। 

नेपाल राष्ट्र बैंकबाट नेपालको पहिलो अनुमति प्राप्त पेमेन्ट सिस्टम अपरेटर तथा डाइभर्सिफाइड डिजिटल फाइनान्सियल सर्भिस (डीएफएस) होल्डिङ कम्पनी फोनपेले निरन्तर रुपमा डिजिटलाइजेसनको वृहत् पहुँचलाई आत्मसाथ गर्दै मानव जीवनलाई र सहज बनाउने किसिमका सेवा सञ्चालन गर्दै आएको छ। प्रविधि–सञ्चालित तथा ग्राहक–केन्द्रित दृष्टि कोणबाट वित्तीय सेवाहरुलाई सरल, पहुँचयोग्य र किफायती बनाउँदै फोनपेले निरन्तर रुपमा दुई पक्षहरुबीचको वित्तीय कारोबारलाई सरल र सहज बनाउन थप परिष्कृत तरिकाहरु उपलब्ध गराउँदै आएको छ। 

फोनपे  डाइरेक्ट फोनपेको डिजिटल कारोबारको इकोसिस्टम अन्तर्गतको अर्को नवीन सेवा हो। यहाँ मोबाइल बैंकिङ एपमार्फत सहज एवं सुरक्षित रुपमा मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी एवं रकम प्राप्त गर्न सकिन्छ। पैसा पठाउनका लागि पैसा पठाउने व्यक्तिले आफ्नो मोबाइल बैंकिङ एप लगइन गर्नुपर्दछ। लगइन गरेपछि सेन्ड मनि अप्सनमा गई फोनपे डाइरेक्टलाई छनौट गरी पठाउन चाहेको रकम, प्राप्त गर्ने व्यक्तिको खाता भएको बैंकको नाम तथा खातामा लिंक भएको मोबाइल नम्बर राखेर पठाउन सकिन्छ। 

यो ‘पैसा पठाऔं ठाउँको ठाउँ’ अभियानले यसको बृहत् फिनटेक नेटवर्कमार्फत रकम स्थानान्तरणलाई सहज एवं सुव्यवस्थित गर्न सक्ने अपेक्षा कम्पनीको रहेको छ। पैसा पठाउन वा अन्य कुनै पनि भुक्तानी गर्न अपनाइने परम्परागत जटिलतालाई यसले कम गर्दछ। यसका अतिरिक्त, मोबाइल बैंकिङ एपबाट रकम स्थानान्तरण गर्दासमेत कहिलेकाहीँ बैंकको खाता सही नभएको, बैंक शाखा विवरणहरु उपलब्ध नभएको, खातावालाको नाम, आदि जस्ता कुराहरु नमिल्दा रकम पठाउन सकिँदैन। तर, फोनपेले यस्ता सम्पूर्ण समस्याहरुलाई समाधान गर्दछ। फोनपे डाइरेक्टबाट पैसा पठाउनका लागि बैंक खाता नम्बरको आवश्यकता पर्दैन र यो केवल मोबाइल नम्बर र बैंकको नामबाट पैसा पठाउन सकिन्छ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। यसका साथै फोनेमार्फत अन्तरबैंक फन्ड ट्रान्सफर, हब पेमेन्टलगायतका कारोबार गर्न सकिन्छ। फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। 

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ८ लाखभन्दा बढी मर्चेन्ट रहेका छन्। १ करोड  ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।