काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले कुमारी बैंकको मोबाइल एपमार्फत पहिलो पटक फोनपको क्यूआरबाट भुक्तानी गर्दा ३० प्रतिशतसम्म अथवा बढीमा रु. ३०० सम्म क्यासब्याक पाउने भएका छन्।
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक र कुमारी बैंकबीच ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख अनिश ताम्राकार र फोनपेका बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन्। यो योजना असोज ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुनेछ।
नेपालीहरुको महान चाड दसैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उद्देश्यले यो योजना ल्याइएको हो। फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ।
फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्।
यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।
२०५७ सालमा स्थापित कुमारी बैंकले अत्याधुकि बैंकिङमार्फत आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकले १९८ वटा शाखा, २४ वटा एक्सेटेन्सन काउन्टर र ५३ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।
5 minutes ago
16 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago