काठमाण्डौ । मुुलुकको अर्थतन्त्र तीव्र रुपमा डिजिटाइजेसनतर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभ सुरु हुन लागेको छ।

ब्रान्डवर्थ प्रालिको आयोजनामा होटेल सोल्टीमा कार्यक्रम सुरु हुन लागेको हो। कन्क्लेभको मुख्य उद्देश्य कोभिड १९ प्रभावबाट सामान्यकृत हुँदै गएको आर्थिक गतिविधि र जनजीवनमा डिजिटाइजेसनलाई कसरी आर्थिक वृद्धि र सामाजिक न्याय प्राप्तिका लागि प्रयोग गर्न सकिन्छ भन्ने रहेको छ। 

कन्क्लेभको दोस्रो संस्करणमा ‘बदलिँदो समय, बदलिँदो अर्थतन्त्र’, ‘सधैँका लागि प्रभाव (क्रिएटिङ इम्प्याक्ट्स द्याट लास्ट)’, ‘नेपालः सानो बजार कि असीमित सम्भावना ?’ तथा ‘हामीसँग नेपाली युनिकर्न पहिचान कहिले हुनेछ ?’ विषयमा विभिन्न चारवटा सत्रमा बृहत् अन्तर्क्रिया र बहस हुनेछ। 

यी सत्रमा नेपाली डिजिटल अर्थतन्त्रका प्रमुख सरोकारवाला,  नियमनकारी निकाय तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ।