काठमाण्डौ । फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था समेत मर्जरमा जाने भएको छ। 

यो कम्पनीले संभावित मर्जर तथा प्राप्तिका लागि भन्दै एक समिति गठन गरेको नेप्से तथा धितोपत्र बोर्डलाई जानकारी गराएको हो । 

कम्पनीको साउन २७ गते बसेको संचालक समितिको १५४ औं बैठकले विवेकमानसिंह शाक्यको संयोजकत्वमा ४ सदस्यीय मर्जर तथा प्राप्ति समिति गठनको निर्णय गरेको हो । 

समितिमा उमेश कटुवाल, युवराज क्षेत्री सदस्य छन् भने भेषराज पन्थी सदस्य सचिव तोकिएका छन् । 

पछिल्लो समय देशका लघुवित्त कम्पनीहरुबीच मर्जर तथा प्राप्तिको लहर चलेको छ । लाइसेन्स बाँड्ने बेलामा आँखा चिम्लिएको नेपाल राष्ट्रबैंकले लघुवित्तहरुलाई मर्जरमा जान तीव्र दवाब दिइरहेका कारण लघुवित्त कम्पनीहरु समेत धमाधम मर्जरको सम्झौता गरिरहेका छन् ।