काठमाण्डौ । यदि अफिस वा घरबाहिर कार वा ट्याक्सीमा कतै जानुहुन्छ र जाममा फसेर हैरान हुनुहुन्छ भने तपाइँका लागि राहतको खबर छ। चाँडै हामी ट्राफिक जामबाट मुक्त हुनेछौँ।
फ्लाइङ ट्याक्सीको सुविधा अब वास्तविकतामा परिणत हुन केही कदममात्रै टाढा रहेको छ। दुबईमा चिनियाँ कम्पनीको फ्लाइङ कारले करिब ९० मिनेटको सफल उडान गरेको छ। यो उडान ट्याक्सीका रुपमा परीक्षण गरिएको थियो।
रोयटर्सका अनुसार चिनियाँ इलेक्ट्रोनिक गाडी निर्माता कम्पनी एक्सपेङ इंकले आफ्नो फ्लायन्ट कारको पहिलो परीक्षण दुबईमा गरेको थियो। यो फ्लाइङ कारलाई पब्लिक ट्याक्सीका रुपमा ल्याइएको र यसको नाम एक्स २ राखिएको छ। यो सफल परीक्षणपछि कम्पनीले यसलाई विश्व बजारमा ल्याउने तयारी गरेको छ।
गत सोमबार परीक्षण गरिएको एक्स२ फ्लाइङ कारको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। जसले यो दुई सिटर उड्ने कार हो भनेर देखाउँछ। विद्युतीय उडान ट्याक्सीका रुपमा सफलतापूर्वक परीक्षण गरिएको, एक्सपेन्जको एक्स२ एक ठाडो टेक–अफ र ल्यान्डिङ विमान हो। जुन भविष्यको प्रविधिमा आधारित छ।
यस फ्लाइङ कारमा ८ वटा प्रोपेलर दिइएको छ, जुन चार कुनामा दुई–दुई सेटमा राखिएको छ। रिपोर्टका अनुसार एक्सपेन्ज एक्स२ अधिकतम १३०केएमपीएचको गतिमा उडान गर्न सक्षम छ। दुबईमा परीक्षण उडानका क्रममा यो ९० मिनेटसम्म उडाइएको हो। यो इन्टेलिजेन्ट उडान नियन्त्रण प्रणालीका साथ स्वायत्त उडान क्षमताले सुसज्जित उडान कार हो।
रिपोर्टका अनुसार यो फ्लाइङ कारले ५०० केजीसम्म भार बोक्न सक्ने क्षमता राखेको छ। यो पूर्ण रूपमा विद्युतीय र शून्य कार्बन उत्सर्जन गर्ने कार हो। कम्पनीका महाप्रबन्धक मिङगुआन क्वियुले भने, ‘हामी विश्व बजारमा एकपछि अर्को पाइला अघि बढिरहेका छौँ। यसका लागि हामीले सबैभन्दा पहिले दुबई सहर छनोट गरेका छौँ, किनभने यो विश्वको सबैभन्दा उन्नत सहर हो।’ –एजेन्सी
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago